८ बैशाख २०८१, शनिबार

इन्डोनेसियामा पहिरोबाट ३२ को मृत्यु


Indonesia

२३ पुस, जकार्ता । इन्डोनेसियामा नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको अधिकारीहरुले जनाएका छन् ।

बेपत्ता व्यक्तिहरुको एक हप्ता लामो खोजी कार्यपछि सोमबार अन्त्य गरिएको छ । पहाडी इलाकामा गएको यस पहिरोबाट उद्धारकर्ताहरुले शव तानेर निकालेका थिए । इन्डोनेसियाको पश्चिमी प्रान्त जाभामा भारी वर्षापछि पहिरो गएको थियो ।

गत डिसेम्बर ३१ मा गएको यस पहिरोमा परी अन्य कैयौं व्यक्ति घाइते भएका छन् । पहिरोमा बेपत्ता व्यक्तिको खोजी कार्य सोमबारबाट बन्द गरिएको प्रहरी प्रमुख आगुङ बुदी मार्योताले बताउनुभएको छ ।
पहिरोमा परेका एक व्यक्ति अझै बेपत्ता रहेको उद्धारकर्मीले बताएका छन् । इन्डोनेसियामा पहिरो एक साधारण घटनाको रुपमा रहँदै आएको छ ।

गत अक्टोबरमा पनि पश्चिमी इन्डोनेसियाको कैयांै प्रान्तमा आएको बाढी र पहिरोका कारण २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सन् २०१६ को जुन महिनामा जाभाको मध्य भागमा आएको बाढी पहिरोबाट ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !