७ बैशाख २०८१, शुक्रबार

ममता बनर्जी प्रधानमन्त्री हुन सक्षम


दिल्ली

२२ पुस, कोलकाता, पश्चिम बंगाल । भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताउनुभएको छ ।

अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री हुनुहुन्छ । अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै सो कुरा बताउनुभएको हो ।

शनिबार अध्यक्ष घोषले भन्नुभएको छ– यदि बङ्गाली समुदायका नागरिकले भारतको प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता नै पहिलो र सक्षम व्यक्ति हुनुहुन्छ र त्यसका लागि उहाँ अरु भन्दा सक्षम व्यक्ति हुनुहुन्छ ।

उहाँले थप भन्नुभएको छ– बेनर्जीले पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुहुन्छ र मलाई लाग्छ उहाँ नै भारतको सक्षम र योग्य प्रधानमन्त्री हुनुहुनेछ ।

यदि मलाई आफ्नो पार्टीबाट प्रधानमन्त्री को हुने भनी सिफारिश मागियो भने पनि मैले बेनर्जीलाई नै सबैभन्दा योग्य र एकमात्र उम्मेदवारका रुपमा सिफारिश गर्नेछु ।

तर उहाँको यो अभिव्यक्तिलाई पार्टी भित्र भने अकस्मात भनिएको छ । उहाँले केही समयअघि गर्नुभएको टिप्पणीमा उहाँले ममता बेनर्जीको पश्चिम बङ्गालको यात्रामा गतिरोध उत्पन्न भएको र उहाँले सक्रिय रुपमा काम गर्न नसकेको भनी सार्वजनिक टिप्पणी गर्नुभएको थियो ।

अध्यक्ष घोषले थप भन्नुभएको छ– भारतीय कम्युनिष्ट पार्टी (माक्सिस्ट्) का नेता ज्योति बसु भारतको प्रधानमन्त्री हुन सक्नुहुन्न तर ममता बेनर्जीमा भने भारतको प्रधानमन्त्री बन्ने क्षमता छ ।

बङ्गाल क्षेत्रबाट भारतले प्रधानमन्त्री प्राप्त ग¥यो भने त्यो अत्यन्तै राम्रो हुनेछ र यो समुदायको सूचीमा बेनर्जी प्राथमिकतामा नै रहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभएको छ– एकपटक बसु पनि प्रधानमन्त्री हुने भनी नाम आएको थियो तर पनि अहिले भने उहाँ त्यो सूचीमा हुनुहुन्न, किनभने उहाँलाई उहाँकै कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीको सूचीमा अहिले राखेको छैन ।
(रासस/एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !