८ बैशाख २०८१, शनिबार

तेइस हजार निकारागुवाली शरणार्थी जीवनका लागि कोस्टारिकामा  : राष्ट्रसङ्घ 


United-Nations

१६ साउन, जेनेभा, स्वीट्जरल्याण्ड  । आन्तरिक द्वन्द्वका कारण विस्थापित बनेका करिब २३ हजार निकारागुवाली नागरिकले शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेका संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला हेर्ने निकायले मङ्गलबार जनाएको छ ।

निकारागुवाका राष्ट्रपति डेनियल ओर्टेगाको शासनविरुद्ध विगत तीन महिनादेखि आन्दोलन चलेको र आन्दोलनमा सुरक्षाकर्मी तथा अर्धसैनिक समूहहरूको बर्बरतापूर्ण कारबाहीबाट आतङ्कित बनेपछि उनीहरूको ठूलो सङ्ख्या छिमेकी मुलुक पुगेको हो ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा परी करिब ३०० नागरिकको ज्यान गइसकेको विभिन्न मानव अधिकारवादी समूहले जनाएका छन् ।

शरण खोज्दै राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय समन्वयकारी संघसंगठनमा प्राप्त भएका निवेदन अत्यधिक भइसकेको र यसले उनीहरूको व्यवस्थापनमा चासो बढाइएको यूएनएचसीआरका प्रवक्ता विलियम स्पिन्डलरले जेनेभामा सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

कोष्टारिकाका अधिकारीले भने गत अप्रिलदेखि अहिलेसम्ममा दर्ता भएका शरणार्थीको सङ्ख्या आठ हजार पुगेको र आगामी दिनमा १५ हजार जनालाई शरण लिने प्रतिवद्धता जनाएका छन् । उनीहरूले प्रक्रिया पु¥याएर शरण दिनु पर्ने भएकाले विस्थापित निकारागुवाली जनतालाई समस्या परेको जनाएका स्पिन्डलरले बताउनुभयो ।

यूएनएचसीआरले कोस्टारिकाको उत्तरी सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत पारेको र हजारौँ निकारागुवाली शरणार्थीको सहयोगका लागि काम गरिरहेको उहाँले बताउनुभयोे ।

निकारागुवामा देखिएको राजनैतिक अस्थिरताले संयुक्त राज्य अमेरिका, पानामा, मेक्सिको लगायतका मुलुकहरूमा पनि शरणार्थी पुग्ने क्रम निकै बढेको यूएनएचसीआरले बताएको छ ।

शीतयुद्धको समयमा वामपन्थी सान्दिनिस्ता सरकारको नेतृत्व गरेका ७२ बर्षीय ओर्टेगा सन् २००७ पछि पुनः सत्तामा आउनुभएको थियो ।
आन्दोलनकारीले राष्ट्रपति र ओर्टेगाकी पत्नीसमेत रहनुभएकी उपराष्ट्रपति रोजारिल्लो मुरिल्लोको राजिनामाको माग गर्दै आन्दोलन चर्काइरहेका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !