७ बैशाख २०८१, शुक्रबार

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह


Narendramodi

४ साउन, नयाँ दिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी काँग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह गर्नुभएको छ । शुक्रबार बिहान ट्वीट गरेर उहाँले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको बताइएको छ ।

यो संसदको वर्षे अधिवेशन भएकोले यसले कानुन निर्माणदेखि अरु धेरै काम गर्नुपर्ने भएको र सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद सुचारु गर्न आग्रह गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदमा बिहीबारबाट उत्पन्न अवरोध हटाउन विपक्षी काँग्रेससँग आग्रह गर्नुभएको शुक्रबारका भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।

भारतीय संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराइएको छ । उक्त प्रस्ताव दर्ता गराएसँगै विपक्षी काग्रेस दलले संसद चल्न नदिने भन्दै अवरोध पनि गरेको छ ।

वर्षे अधिवेशन शुरुआत भएको दिन बिहीबार काँग्रेस नेतृत्वमा विपक्षीहरुले लोकसभामा प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

त्यसपछि उनीहरुले प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी गरेका थिए । दर्ता गरेको अविश्वासको प्रस्तावमाथि शुक्रवार बहस र मत विभाजन हुने भएको छ ।

यसअघि संसदले यो बजेट अधिवेशन भएकोले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ताको व्यवस्था नभएको कारण देखाउँदै अविश्वासको प्रस्ताव दर्ताको सूचना पन अस्वीकार गरेको थियो । (रासस/पिटीआइ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !