७ बैशाख २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्रीको पाँच दिने भ्रमण


Narendra Modi

१५ जेठ, नयाँ दिल्ली  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, मलेसिया र सिङ्गापुरको पाँच दिने भ्रमणको क्रममा मङ्गलबार जकार्ताका लागि प्रस्थान गर्नुभएको भएको छ ।

उहाँले मे २९ बाट जुन २ सम्म पाँच दिनसम्म यी तीन देशको भ्रमण गर्न लाग्नुभएको जनाइएको छ । आजबाट सुरु भएको यस भ्रमणको क्रममा मोदी सुरुमा इन्डोनेसिया पुग्नुहुने छ ।

इन्डोनेसियामा रहँदा उहाँले द्विपक्षीय हितका विविध विषयमा वार्ता गर्नुका साथै विविध विषयमा दुई देशका बीचमा सम्झौता पनि गर्नुहुने बताइएको छ ।

इन्डोनेसियाको दुइदिने भ्रमणपछि उहाँ सिङ्गापुरमा एक दिन रहनुहुने छ । त्यसैगरी अर्काे छिमेकी देश मलेसियामा उहाँको दुई दिनको भ्रमण हुनलागेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !