७ बैशाख २०८१, शुक्रबार

५१ लागे आमिर, जान्नुहोस् उनको रहस्य


आमिर Aamir Khan

मुम्बई । अभिनेता आमिर खान ५१ वर्ष प्रवेश गरेका छन् । सन १९६५ मार्च १४ मा उनको जन्म भएको थियो । निर्माता/निर्देशक ताहिर हुसेनका छोरा हुन् उनी । बलिउडमा क्रिएटिभ हिरोको उपाधि पाएका आमिर अहिले ‘पर्फेक्शनिस्ट’ का रुपमा चिनिन्छन् ।

करिअरको सुरुवातमा उनी चकलेटी हिरोको रुपमा परिचित थिए । कुनै वेला युवतिहरुका विचमा निकै लोकप्रिय आमिरले प्राय वर्षमा एउटा मात्रै फिल्ममा काम गरे । त्यसकारण पनि उनको हरेक फिल्म प्रतिक्षायोग्य हुन्थ्यो ।

अन्य नायकको तुलनामा फरक छबी भएकै कारण भारत सरकारले अतुल्य भारत अभियान अन्तर्गत देशको छबी उच्च बनाउन भन्दै उनलाई अनुबन्ध गरेको थियो । तर, असहिष्णुताको विषयमा टिप्पणी गरेपछि मोदी सरकारले अतुल्य भारत अभियानवाट हटाएको छ ।

आमिर अभिनयको साथै फिल्म निर्माण/निर्देशनमा पनि सक्रिय छन् । आज उनी जति सफल मानिन्छन् । यस किसिमको सफलता पाउन उनले कम्ति संघर्ष गरेका छैनन् ।

आमिरले सन १९७३ मा ‘यादोँ कि बारात’ मा बालकलाकारको रुपमा डेब्यु गरेका थिए । त्यसपछि सन १९८४ मा होलीमा नायक बने तर, चर्चा दिलाउने काम कयामत से कयामतले गर्‍यो । यहि फिल्मवाट सर्वश्रेष्ठ नवनायकको अवार्ड पाएका थिए ।

सन १९९६ मा बनको ‘राजा हिन्दुस्तानी’ उनको करिअरको सबै भन्दा महत्वपूर्ण फिल्म मानिन्छ । यहि फिल्मवाट उने सर्वश्रेष्ठ अभिनेताको रुपमा फिल्मफेयर अवार्ड पाए ।

दिल, दिल है कि मानता नही, जो जीता वही सिकन्दर, हम है राही प्यार के, अन्दाज अपना अपना, लगान, दिल चाहता है, मंगल पाण्डेः द राइजिङ, रंग दे वसन्ती, फना, धुम थ्री लगायतका फिल्ममा काम गरेका छन् ।

आमिरले सन २००१ मा आमिर खान प्रोडक्सन नामको फिल्म कम्पनि सुरु गरे । यहि ब्यानरवाट लगान बनाए । त्यसपछि तारे जमीन पर, पीपली लाइभ, धोबी घाट, डेल्ही बैबी, तलास जस्ता फिल्म बनाए । जुन फिल्म ब्यबसायिक रुपमा सफल भयो ।

सन २०१२ मा टेलिभिजन कार्यक्रम ‘सत्यमेव जायते’ बनाए । यहि कार्यक्रम मार्फत सामाजिक मुद्दालाई मिहिन ढंगले उठाए ।

विवादवाटै टाढै रहने आमिर असहिष्णुताका विषयमा टिप्पणी गरेपछि बढी नै विवादित भए ।

सन १९८६ मा उनले रिना दत्तसँग विवाह गरेका थिए । सन २००२ मा उनको सम्बन्ध बिच्छेद भयो । सन २००५ मा उनले किरणसँग विवाह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !