८ बैशाख २०८१, शनिबार

ला लिगा : रियल एथ्लेटिको बिल्बाओसंग बराबरीमा रोकियो


Real Madrid

एजेन्सी, ६ वैशाख । रियल मड्रिड एथ्लेटिको बिल्बाओसंग बराबरीमा रोकिएको छ  । स्पेनीस ला लिगा फुटबलमा रियल मड्रिडले आफूभन्दा अघि रहेका क्लबहरुसंगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । बुधबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओसंग १–१ गोलको बराबरीमा रोकिएपछि रियलले बार्सिलोना र एथ्लेटिको मड्रिडसँगको अंक दूरी घटाउने मौका गुमाएको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले एक शून्यले पछि परेको अवस्था उल्टाउँदै बराबरी गरेको हो । १४ औं मिनेटमा इनाकी विलियम्सको गोलमार्फत एथ्लेटिकोले अग्रता लिएको थियो । तर ८७ औं मिनेटमा लुका मर्डिचको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा पुर्याए । रियलले त्यसपछि पनि दुईवटा गोलको अवसर सिर्जना गरेपनि गोल गर्न सकेन ।

जीत हात पारेको भए रियलले दोश्रो स्थानको एथ्लेटिको मड्रिडसंगको अंक दूरी १ मा झार्ने थियो ।  अंक तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८३ अंक छ भने दोश्रो स्थानको एथ्लेटिकोको ७१ र तेश्रो स्थानको रियलको ६८ अंक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !