७ बैशाख २०८१, शुक्रबार

सलमान खानलाई विदेश भ्रमण गर्ने अनुमति प्रदान


Salman Khan

एजेन्सी, ५ वैशाख । बलिउड अभिनेता सलमान खानलाई सेसन्स कोर्टले विदेश जान अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रमका लागि खान आगामी जेठमा नेपाल आउने तयारी छ । यसअघि उनी आउने अन्तिम तयारी भएपछि विप्लव नेतृत्वको माओवादीले विरोध जनाएपछि स्थगित भएको थियो ।

अदालतको आदेश अनुसार अब सलमान आगामी फिल्महरुको छायांकनका लागि पनि विदेश जान सक्नेछन् ।

उनले अदालतमा निवेदन दिएर चार देश जाने अनुमति मागेका थिए । अभिनेता सलमान २५ मेबाट १० जुलाईसम्म क्यानाडा, नेपाल र अमेरिकाको यात्रा गर्ने भएका छन् ।

कृष्णसार शिकार मामिलामा सलमानलाई पाँचवर्ष कैद सजाय सुनाइएको छ । उद्यपि उनी दुई दिन जेल बसेर अहिले जमानतमा रिहा भएका छन् । अदालतले जमानत दिँदा सलमानले कयौं शर्तहरुको पालना गर्नुपर्ने बताएको थियो ।
सलमान खान अहिले आगामी फिल्म ‘रेस ३’ को छायांकनमा व्यस्त छन् । यसका साथै उनले केही दिन अघि अली अब्बास जफरका साथ फिल्म ‘भारत’ को पनि छायांकन शुरु गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !