१३ बैशाख २०८१, बिहिबार

बाहुबली–२ र रोबोट–२ एकै दिन रिलिज हुने


bahubali-and-robot bahubali-and-robot

चैत्र १८, २०७२- बलिउडमा यसअघि पनि दुई ठूला स्टारका चर्चित फिल्म एकै दिन रिजिल भएका छन् । यस्ता भीडन्तबारेका समाचार पनि सामान्य हुन थालिसकेका छन् ।

तर, यसपालि भीडन्त अहिलेसम्मकै ठूलो हुने अनुमान गरिएको छ । २०१७ को अप्रिलमा रिलिज हुने भनिएका यी दुई फिल्म नै त्यस्ता छन् । गत वर्षको बहुचर्चित फिल्म ‘बाहुबली’को दोस्रो भाग र रजनीकान्तको उत्तिकै चर्चित ‘रोबोट’ दोस्रो भाग एकै दिन रिलिज हुने भएपछि बक्स अफिस भीडन्त अहिलेसम्मकै चर्को हुने ठानिएको हो ।

‘रोबोट २’को विशेषता के छ भने यसमा रजनीकान्तका साथ बलिउड स्टार अक्षय कुमार पनि मुख्य भूमिकामा छन् । ३५० करोड भारुको बजेट भएको यो फिल्म भारतको अहिलेसम्मकै सबभन्दा महंगो फिल्म हो ।

प्रभास, राणा दग्गुबत्ती, अनुश्का सेट्टी र तमन्नाको मुख्य भूमिका रहेको ‘बाहुबली’को पहिलो भाग आएदेखि नै दोस्रो भागको प्रतीक्षा गर्न थालिएको हो । यो फिल्म अहिलेसम्म भारतमा बनेको सबभन्दा धेरै कारोबार गर्ने फिल्म पनि हो ।

दुवै फिल्म स्पेसल इफेक्ट र एनिमेसनमा नयाँ प्रयोग गरिएका फिल्म हुन् । दुवै फिल्मको निर्माण र निर्देशनमा दक्षिण भारतीय कलाकार प्राविधिक संलग्न छन् । ‘बाहुबली’का निर्देशक एसएस राजमौली हुन् भने ‘रोबोट’का शंकर । दुवैले हिन्दी फिल्मको बजारमा ठूलो कमाई गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !