७ बैशाख २०८१, शुक्रबार

अमेरिकी अर्थतन्त्रमा प्रभाव पर्नेगरी चीनको निर्णय


एजेन्सी, २० चैत ।  चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पर्नेगरी सीमा शुल्क बढाउने निर्णय गरेको छ । आफ्ना सामानको सीमा शुल्क बढाउने अमेरिकी निर्णयलाई उस्तै जवाफ दिएको छ ।

अमेरीकामा निर्यात हुने चिनीयाँ सामानमा अमेरिकाले सीमा शुल्क बढाएपछि चीनले पनि आफ्नो देशमा भित्रिने अमेरिकी सामानमा २५ प्रतिशतसम्म शुल्क बढाउने निर्णय गरेको छ ।

चीनले चीनमा निर्यात हुने १ सय २८ प्रकारका अमेरिकी सामानको सीमा शुल्क २५ प्रतिशतसम्म बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसमा सुँगुरको मासु तथा रक्सीलगायत सामान छन् । चीनको यो निर्णयले अमेरिकी अर्थतन्त्रमा ३ विलियन अमेरिकी डलरभन्दा बढीको प्रभाव पर्ने आँकलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि चिनीयाँ सामानमा निर्यात शुल्क बढाएको घोषणा गरेपछि चीनले अमेरिकामा निर्यात गर्ने सामानको शुल्क बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !