१२ बैशाख २०८१, बुधबार

यसकारण जरुरी छ सातामा एकपटक सेक्स


sex

एजेन्सी, १६ चैत । एक नयाँ अनुसन्धानलाई मान्ने हो भने सातामा एक दिन सेक्स गर्ने हो भने महिलाको बढ्दो उमेरको असर कम हुँदै जान्छ । यो अनुसन्धान युनिभर्सिटी अफ क्यालिफोर्नियाको तर्फबाट गराइएको थियो ।

अनुसन्धानमा १ सय २९ आमा भइसकेका महिलाहरूको सेक्स लतको महिनौं लगाएर अनुगमन गरिएको थियो ।अनुसन्धानले सातामा कम्तीमा एकपटक सेक्स गर्ने महिलामा स्ट्रेडस्को अन्त्यमा लामो टीलोमियर्स र न्यूक्लियोप्रोटिन क्याप्स पाइयो । यसले क्रोमोसोम्सको क्षतीलाई रोक्छ ।

डिएनए स्ट्रेड्सको अन्त्यमा हुने यो क्याप्सले बढ्दो उमेरको असरलाई रोक्नुका साथै उमेर बढाउने र स्वास्थ्यलाई राम्रो बनाउँछ । अनुसन्धानका अनुसार टिलोमियर्स बढ्दो उमेर, खराव खानपान र धेरै मदिरा सेवनले आफै ब्रेक लाग्छ तर, शारीरिकरूपमा एक्टिभ रहने, राम्रोसंग खाने र सेक्स गर्नाले यसलाई खराब हुनबाट बचाउन सकिन्छ । यसो गर्नाले यसको लम्बाई पनि बढाउन सकिन्छ ।

अनुसन्धानको नतिजालाई मान्ने हो भने यो टिलोमियर्सले तपाईको आयु बढाउनाको साथै शारीरिक र मासिकरूपमा स्वस्थ्य राख्छ । समयका साथ बढ्नु पर्ने टिलोमियर्स कम भयो भने गंभीर विरामी र उमेरभन्दा पहिले मृत्यु हुन सक्छ । त्यसैले सातामा एक पटकको सेक्स अत्यन्त जरुरी मानिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !