११ बैशाख २०८१, मंगलबार

पोर्चुगलद्वारा इजिप्ट पराजित


एजेन्सी, १० चैत । मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा कप्तान क्रिष्टियानो रोनाल्डोले नाटकीय २ गोल गरेपछि पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ ।

९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलका कप्तान रोनाल्डोले ९२ औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए ।

त्यसको २ मिनेटमै रोनाल्डोले अर्को गोल थपेपछि पोर्चुगल २–१ ले विजयी भएको हो । ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि इजिप्टले १ शून्यको अग्रता लिएको थियो ।

यो सँगै रोनाल्डोले ४० खेलमा गरेको गोलसंख्या ४३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !