१२ बैशाख २०८१, बुधबार

नेपालले एकदिवसीय मान्यता पाएकोमा श्रीलंकाद्वारा बधाई सन्देश


Nepal-Cricket Team

एजेन्सी,८ चैत । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पल्ट एकदिवसीय मान्यता (ओडीआई स्टाटस) पाएकोमा श्रीलंकाले बधाई दिएको छ ।

एसियाली क्रिकेट परिषद विकास समिति(एसीसीडीसी) का अध्यक्षसमेत रहेका श्रीलंका क्रिकेटका अध्यक्ष थिलङ्गा सुमाथिपालाले एक विज्ञप्ति जारी गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता हात पारेको भन्दै बधाई दिएका छन् । एकदिवसीय मान्यताले नेपाली क्रिकेटलाई अगाडि बढ्न प्रेरणा मिल्ने पनि बताएका छन् ।

एकदिवसीय मान्यता पाएसँगै नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै निकट भविष्यमै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को पूर्ण सदस्य बन्ने आशा श्रीलंका क्रिकेटले गरेको विज्ञप्तिमा जनाएको छ ।

यसअघि नेपाललाई विभिन्न देशका क्रिकेट एसोसियशन तथा विभिन्न प्रसिद्ध क्रिकेट खेलाडीले बधाई दिइसकेकाछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !