६ बैशाख २०८१, बिहिबार

काबुलमा आत्मघाती बम विस्फोटमा २५ जनाको मृत्यु


Afghanistan Blast

एजेन्सी, ७ चैत । अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको अात्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको र २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउने अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । विस्फोटमा तालिबानको संलग्नता रहेको अफगानिस्तानका स्वास्थ्यमन्त्रीले जनाएका छन् । तालिबानले आज बिहान मात्रै राजधानी कावुलका विद्युत आपूर्ति हुने ट्रान्समिसन लाइन काटिदिएको थियो ।

उत्तरी क्षेत्र कुन्दुर बगलान क्षेत्रमा सरकारले नागरिक हितमा काम नगरेसम्म लाइन जोड्न नदिने तालिबानले चेतावनी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !