७ बैशाख २०८१, शुक्रबार

विश्वकप नजिते राष्ट्रिय टिमबाट सन्यास दिनु उचित : मेस्सी


messi

एजेन्सी, ६ चैत । बार्सिलोनाका स्टार लियोनल मेस्सीले रसियामा हुने विश्कप जित्न नसके राष्ट्रिय टिमबाट अलग हुनु उचित रहेको बताएका छन् ।

उनले ला कोनिसासँगको एक अन्तर्वार्तामा बोल्दै भनेका छन् ‘यदि हामीले रसिया विश्वकप जिताउन सकेनौ भने राष्ट्रिय टिमबाट अलग हुनु उचित हुन्छ ।’ रसियामा हुने विश्वकपमा समूह डी मा अर्जेन्टिनाले आइल्यान्ड, क्रोएसिया र नाइजेरियासँग भिड्नेछ ।

क्लबबाट मेस्सीले धेरैजसो अन्तर्राष्ट्रिय उपाधि जिते पनि राष्ट्रिय टिमका लागि भने अहिलेसम्म कुनै पनि महत्वपूर्ण उपाधि जिताउन सकेका छैनन् । सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित भएपछि मेस्सीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका थिए ।

तर  केहि महिनापछि उनले आफ्नो घोषणालाई फिर्ता लिदै पुनः राष्ट्रिय टिममा फर्किएका थिए । अर्जेन्टिना दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा अमेरीकामा पनि फाइनलमा पुगेर ३ पटक पराजित भइसकेको छ । जसका कारण पनि मेस्सीलाई उपाधिको भोक लागेको हो ।

मेस्सीले राष्ट्रिय टिमको जर्सिबाट एक सय २३ क्याप जितेका छन् । जसमा उनले ६१ गोल गरिसकेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !