१३ बैशाख २०८१, बिहिबार

इंग्लिस प्रिमियर लिग : लिभरपुल वाटफोर्डसँग विजयी


Liverpool Fc

एजेन्सी, ४ चैत । मोहम्मद सालाहको अदभुत प्रदर्शनपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डमाथि ५–० गोलअन्तरको जित रच्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि सालाहले ४ गोल गरे भने १ गोलका लागि पास उपलब्ध गराए । वाटफोर्डको रक्षापंक्ति ध्वस्त पार्दै खेल सुरु भए लगत्तै सालाहले गोल गरेका थिए । एण्डी रोवट्सनको त्रस सदुपयोग गरी पहिलो हाफको अन्त्यतिर अर्को गोल थपे ।

दोस्रो हाफमा रोबर्टो फिर्मिन्होले गोल गर्दा पास उपलब्ध गराएका सालाहले खेलको अन्त्यतिर २ गोल गरे । यो जितपछि लिभरपुल ३० खेलबाट ६३ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको टोटनह्यामको ६१ र चेल्सीको ५६ अंक छ ।

जर्गेन क्लबको टोली प्रिमियर लिगमा घरेलु मैदानमा यस सिजन पराजित भएको छैन । यो खेलमा ४ गोल गरेसँगै सालाह युरोपको शीर्ष गोलकर्तामा शीर्ष स्थानमा उक्लिएका छन् ।

उनको प्रिमियर लिगमा २८ गोल पुगेको छ । सलाहको अहिलेसम्मको सबै प्रतियोगितामा ३६ गोल पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !