११ बैशाख २०८१, मंगलबार

नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ९० रनको लक्ष्य


३ चैत, जिम्बावे । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले १ सय ९० रनको चुनौती पाएको छ ।
टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर १ सय ८९ रन बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए ।
१० ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै २४ रन दिए। लिस्ट ए प्रतियोगितामा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका सोमपालले आजको खेलमा ४ विकेट लिएसँगै ५४ विकेट लिएका छन् । सन् २०१४ मा युएइ विरुद्धको खेलबाट उनले लिस्ट ए को खेलमा प्रवेश गरेका थिए ।
नेपालका सन्दीप लामिछानेले नेदरल्याण्डको महत्वपूर्ण विकेट लिए । नेदरल्याण्डका मेक्सो डाउटलाई उनले २८ रनमा आउट गरेका हुन् । सातौं विकेटको रुपमा सन्दीपले टिम गुप्टेनलाई १ रनमा नै आउट गराए । १० अाेभर बलिङ गरेका सन्दीपले १ मेडन अाेभर फाले उनले ४१ रन दिए ।
पाँचौ विकेटको रुपमा नेपालका ललित राजवंशीले रोयलफ मिरवीलाई २५ रनमा र छैटौं विकेटको रुपमा स्कर्ट एडवासलाई पनि २५ रनमा नै आउट गरेका हुन् । १० अाेभर नै बलिङ गरेका ललितले पनि १ मेडन अाेभर फाल्दै २ विकेट लिएर ३८ रन खर्चे ।
८ ओभर बलिङ गरेका शक्ति गौचनले १ विकेट लिएर ३६ रन दिए ।
६ ओभर बलिङ गरेका करण केसीले १ मेडन ओभर फालेर २८ रन दिए । ६ ओभर नै बलिङ गरेका कप्तान पारस खडकाले १ मेडन ओभर बलिङ गरेर १२ रन दिए ।
नेपालले केही समयमा जवाफी ब्याटिङ थाल्नेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !