६ बैशाख २०८१, बिहिबार

एफबीआइका उपनिर्देशक एड्रियू म्याकेब बर्खास्त


एजेन्सी, ३ चैत । महान्यायधिवक्ता जीफ सेसिवनले अमेरिकाको जासुसी संस्था (फेडेरल ब्यूरो अफ इन्भेटिगेसन) एफबीआइका उप–निर्देशक एड्रियू म्याकेबलाई बर्खास्त गरेका छन् ।

उनी चुनावका बेला हिलारीको इमेल काण्डमा मुछिएका र राष्ट्रपतिको चुनावमा रसियाको भूमिकाको सहयोगी रहेको आरोप लाग्दै आएको छ । ५० वर्षको उमेर हुनुभन्दा २ दिन अगाडि उनलाई बर्खास्त गरिएको हो ।

उनी २ दिनपछि अवकास पाएर सेवानिवृत हुने थिए । उनले मिडियामा गुप्त सूचना खुल्ला गरिदिएको आरोपमा बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

म्यकेबले आफ्नो क्षमतामा आक्रमण गरेको आरोप लगाएका छन् । उनले आफूमाथि गरिएको कार्वाही बौद्धिक समुदायमाथिको ठाडो हस्तक्षप भएको दाबी गरेका छन् । ट्रम्पले उक्त निर्णयको प्रशंसा गर्दै ट्वीट गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !