६ बैशाख २०८१, बिहिबार

सुपरसिक्सको खेलमा जित हात पार्दै जिम्बावे लिगको शीर्ष स्थानमा


cricket

३ चैत, जिम्बावे । आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सुपरसिक्सको खेलमा जित हात पार्दै जिम्बावे लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जिम्बावेले आयरल्याण्डलाई १०७ रनको अन्तरले हराउँदै तालिकामा ५ अंक बनाएको छ । सुपर सिक्समा पुग्ने सबै टिमले ३–३ खेल खेल्दा जिम्बावे र स्कटल्याण्ड ५ अंकसहित अग्रस्थानमा छन् ।

समान अंक भएपनि रनरेटका आधारमा जिम्बावे अघि छ । आयरल्याण्ड विरुद्धको खेलमा सिकन्दर राजाले ६९ रनको योगदान दिएपछि जिम्बावेले ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रन बनाएको थियो । सिकन्दर राजा बाहेक ब्रेण्डन टेलरले सर्वाधिक २५ रनको योगदान दिए ।
२१२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ३२.२ ओभरमा १०४ रनमा अलआउट भयो ।

आयरल्याण्डका पाउल स्टिर्लिङले सर्वाधिक ४१ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरे । आयरल्याण्डलाई सस्तैमा समेट्नका लागि टेण्डाई चोसोरो र ग्रिम क्रिमरले ३–३ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !