१२ बैशाख २०८१, बुधबार

अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त


accidend

एजेन्सी, २ चैत । अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

‘विमानमा सात सैनिक थिए, ती सबैको मृत्यु भएको विश्वास गरिएको छ,’ अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने ।

इराकवाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !