१२ बैशाख २०८१, बुधबार

सातौं स्थानका लागि भोलि नेपाल र नेदरल्याण्ड खेल्ने


cricket

२ चैत, काठमाण्डाै । आईसीसी विश्वकप छनोट अन्तर्गत क्रस प्लेअफमा पपुवा न्यूगिनीविरुद्ध जित हासिल गरी एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि हुने खेलमा शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

शनिबारको खेल नेपालका लागि प्रतिष्ठाकाे लागि हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्सलाई पराजित गर्न सके नेपालले सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउनेछ ।

नेपालले विश्व क्रिकेट लिग लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्ससँग खेलेका दुई खेलमा एकमा जित र अर्को खेलमा हार ब्यहोरेको छ । २०१६ को अगस्ट १३ मा भएको पहिलो खेलमा ७ विकेटले पराजित भएको नेपालले अगष्ट १५ मा भएको दोस्रो खेलमा १९ रनको जित निकालेको थियो ।

सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड्स आमने सामने हुँदा दुवै टिम फरक अवस्थामा हुनेछन् । एकदिवसीय मान्यता निश्चित गरी उत्साहित बनेको नेपाल र अपेक्षाकृत प्रदर्शन गर्न नसकेर निराश बनेको नेदरल्याण्ड् शनिबार भिड्नेछन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल जिम्बावेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्टस क्लबको मैदानमा हुनेछ । यस मैदानमा नेपालले युएईसँग अभ्यास खेल खेलेको थियो ।
नेदरल्याण्ड्सले भने क्रस प्लेअफमा हङकङलाई पराजित गरेको यही मैदानमा हो । त्यस खेलको नतिजाकै कारण नेपालले एकदिवसीय मान्यता पाएको थियो ।

नेदरल्याण्ड्सविरुद्धको खेल शनिबार नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !