१२ बैशाख २०८१, बुधबार

अफगानिस्तानले वेष्टइन्डिजलाई तीन विकेटले हरायो


cricket

एजेन्सी, २ चैत । आईसीसी विश्वकप छनोटको सुपर सिक्स अन्तर्गतकाे खेलमा अफगानिस्तानले वेष्टइन्डिजलाई ३ विकेटले हराएको छ ।

विश्वकप छनोट अन्र्तगत समूह ‘ए’ को शीर्ष स्थानमा रहेको वेष्टइन्डिजलाई समूह ‘बी’ को तेस्रो स्थानमा रहेको अफगानिस्तानले हराएको हो ।

वेष्टइन्डिजका एसडी होपले सर्वाधिक ४३, एमन स्यामुएलले ३६, जो होल्डरले २८, इलवीसले २७, काम्पाउलले नटआउट रहँदै १६ रन बनाए वेष्टइन्डिजका क्रिस गेलको खराब प्रदर्शन आज पनि जारी रहयो । उनी आज १ रनमै आउट भए । ९ बल सामना गरेका उनले केवल एक् रन बनाउँदा मुजीबर रहमानले गेललाइ आउट गरे ।

अफगानिस्तानका रहमत साहले सर्वाधिक ६८, मोहम्मद नाभी ३१ र समुल्लाह सेनवारीले २७ रन बनाए ।

जारी प्रतियोगितामा खराब प्रदर्शन गरेको अफगानिस्तानले समूह चरणको खेलमा नेपाललाई मात्रै हराउन सकेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !