१३ बैशाख २०८१, बिहिबार

नेपाल पपुवा न्यूगिनीसँग ६ विकेटले विजयी


nepali cricketers

१ चैत, जिम्बावे । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ ।

१ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै १ सय १५ रन बनायो । नेपालका लागि बलिङमा ४ विकेट लिएका दिपेन्द्रसिंह ऐरीले नटअाउट सर्वाधिक ५० रन बनाए । सुरुवाती निकै खराब प्रदर्शन गरेको नेपालका ओपनिङ ब्याटसम्यानले आज पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

ओपनर ज्ञानेन्द्र मल्ल(१) अर्का ओपनर अनिल साह(९) रनमा आउट भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कप्तान पारस खडका (२०) रनमा आउट हुँदा नेपालको ब्याटिङ लाइन धरमराएको थियो । खराब अवस्थामा रहेको नेपालको ब्याटिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ सेखको जोडिले जितको बाटोमा डोराएका थिए ।

नेपालको सय रन पूरा भएपछि आउट भएका आरिफले २६ रन बनाएर आउट भए । रोहित पौडेलले नटअाउट ३ रन बनाए ।

यसअघि बलिङ गरेको नेपालका सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४/४ तथा करण केसी र सोमपाल कामीले १/१ विकेट लिए ।

अब नेपालले एकदिवसीय मान्यताका लागि हङकङ र नेदरल्याण्डको खेललार्इ हेर्न पर्ने भएकाे छ । अाजकाे खेलमा नेदरल्याण्डसँग हङकङ हारेमा नेपालले अाजै एकदिवसीय मान्यता पाउने छ ।

यदि हङकङ विजयी भएमा सातौ स्थानको प्लेअफका लागि हुने नेपाल र हङकङ विचको विजेताले एकदिवसिय मान्यता पाउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !