११ बैशाख २०८१, मंगलबार

सिमोना हलेप टेनिसमा क्वार्टरफाइनल प्रवेश


Simona Halep

एजेन्सी, ३० फागुन । विश्व बरियतामा शिर्ष स्थानमा रहेकी सिमोना हलेप अमेरीकामा जारी इन्डियाना वेल्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन ।

बुधबार बिहान भएको खेलमा हलेपले चीनकी वाङ क्वेङलाई सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन । विश्व बरियतामा ५५ औं स्थानमा रहेकी वाङ विरुद्ध हलेपले पहिलो सेट ७–५ ले जितेकी थिइन ।

दोस्रो सेटमा झन उत्कृष्ट प्रदर्शन गर्दै हलेप ६–१ ले विजयी भइन । २६ वर्षकी हलेपले क्वार्टरफाइनलमा क्रोयसियाकी पेट्रा मार्टिकसँग खेल्नेछिन । यस्तै अर्को खेलमा पुर्व विश्व नम्बर एक कारोलिना पिल्सकोभाले पनि क्वार्टरफाइनलमा स्थान बनाइन ।

उनले १६ वर्षकी अमान्दा एनिसिमोभालाई ६–१ र ७–६ को सेटमा हराइन । अहिले पाँचौ बरियतामा रहेकी कारोलिनाले क्वार्टरफाइनलमा जापनीज खेलाडी नाइमो ओसाकासँग खेल्नेछिन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !