१३ बैशाख २०८१, बिहिबार

नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित


२६ फागुन, जिम्बावे । विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएकाे छ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेकाे नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

१ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३८.४ अाेभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायाे ।

तीन खेलमा पराजित भएको अफगानिस्तान आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !