६ बैशाख २०८१, बिहिबार

नेपाल यसरी पुग्न सक्छन् सुपर सिक्समा


Nepal-Cricket Team

२५ फागुन, काठमाण्डौ । जिम्माम्बेमा जारी आइसिसि विश्वकप छनोटमा लगातार तेस्रो जित निकालेको स्कटल्याण्ड सुपर सिक्समा पुगेको छ।

जिम्बावेमा जारी छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा बिहीबार नेपाललाई ४ विकेटले हराउँदै स्कटल्याण्ड सुपरसिक्समा पुगेको हो ।

बिहीबारै भएको समूहको अर्को खेलमा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले हराउँदै सुपर सिक्सको यात्रा बलियो बनाएको छ ।

दोस्रो स्थानको जिम्बावेले पनि दुबै खेल जित्दै ४ अंक जोडेको छ। तेस्रो स्थानको हङकङको २ अंक भएको छ । समूहमै नेपाल र अफगानिस्तानले अंक जोड्न सकेका छैनन् ।

अब समूहमा जिम्बावे, नेपाल र हङकङले समान २–२ खेल खेल्न बाँकी छ ।

नेपाल पुग्ने सम्भावना

सुपर सिक्सको यात्रा बलियो पार्न अफगानिस्तान र हङकङलाई जित्ने, हङकङ जिम्बाम्मेसँग पराजित हुने अवस्थामा मात्र नेपाल अगाडि बढ्ने सम्भावना रहेको छ ।

अर्को अवस्था भनेको हङकङले जिम्बाम्बेलाई जिते पनि नेपालले हङकङ र अफगानिस्तानलाई दुबै खेल फराकिलो अन्तरमा जितेमा रन रेटका आधारमा पुग्न सक्छ । तर यो सम्भावना धेरै कम छ ।

अर्को सम्भावना भनेको नेपाल अफगानिस्तानसँग हारे पनि जिम्बाम्बेले हङकङलाई जितेमा र  नेपालले हङकङसँगको अन्तिम खेलमा फराकिलो अन्तरले जिते नेपाल रन रेटले पुग्न सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !