७ बैशाख २०८१, शुक्रबार

लोकोमोटिभलाई एथ्लेटिको मड्रिडले ३–० ले हरायो


Athletic madrid

एजेन्सी, २५ फागुन ।  युरोपा लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडले रसियन क्लब लोकोमोटिभ मस्कोलाई ३–० ले पराजित गरयो ।

गतराति भएको खेलमा एथ्लेटिको क्लवले लोकोमोटिभ मस्कोलाई तीन शुन्यले  पराजित गर्‍याे । घरेलु लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिकोले मस्कोविरुद्ध खेलको २२ औँ मिनेटमा पहिलो गोल गरेको थियो । उसका लागि सिउलले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एथ्लेटिकोले ४७ औ मिनेटमा डिएगो कोस्टाको गोल मार्फत अन्तर दुई शून्यमा पुर्‍यायो ।

त्यसपछि ९० औ मिनेटमा कोकीले एथ्लेटिकोका लागि तेस्रो गोल गरे ।

यो जितसँगै एथ्लेटिकोको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । दोस्रो लेगमा एथ्लेटिकोले घरेलु मैदानमा खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !