१३ बैशाख २०८१, बिहिबार

नेपालले दियो स्कटल्याण्डलाई १५० रनको टार्गेट


nepalcricket team

२४ फागुन, काठमाण्डौ ।  जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ ।

सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा  आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले  राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रन बनाए । पारसले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालका अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् ।

आजको खेलमा फेरि नेपालको ब्याटिङ एकदमै कमजोर रहेको पुष्टि भयो ।

नेपाल ८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर जम्मा ३९ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले नेपालको नाजुक स्थितिलाई अघि बढाएका थिए ।

रोहितकुमार पौडेल ४० बलमा १५ रन बनाए । त्यस्तै सोमपाल कामीले ५४ बलमा १८ रन बनाए । वसन्त रेग्मीले नटआउट रहँदै २४ रन को योगदान दिए पनि नेपालका ७ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि स्टुवार्ट ह्विटिंघमले सर्वाधिक ३ विकेट लिए  । त्यस्तै सफ्यान शरिफ अलास्दैर इभान्सले २–२ र टम सोले, तथा रिची बेरिंगटनले समान एक–एक विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !