८ बैशाख २०८१, शनिबार

टोटनहमलाई निराश पार्दै युभेन्टसको उत्कृष्ट कमब्याक


Juventus

एजेन्सी, २४ फागुन । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको दोस्रो लेगमा युभेन्टसले टोटेनहमलाई हरायो ।

उत्कृष्ट कमब्याक गर्दै युभेन्टसले टोटनहमलाई समग्रमा चार तीन गोलले हराउदै क्वार्टर फाइनलमा पुग्यो । जसमा युभेन्टसले पहिलो लेगमा एक गोलले पछि परेको अवस्थामा टोटनहमलाई पछि पारेको हो ।

गएरातिको दोस्रो लेगमा पनि युभेन्टसले टोटनहमको एक गोलको अग्रतालाई उल्ट्यायो । खेलको ३९ औ मिनेटमा सोन हियुङ मिनले टोटनहमलाई अग्रता दिलाएका थिए । तर ६४ औ मिनेटमा गोञ्जालो हिगुइनले गोल गर्दै खेल बराबरीमा पुरयाए ।

त्यसपछि ६७ औ मिनेटमा पाउलो डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अन्तिम आठमा पुर्याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !