११ बैशाख २०८१, मंगलबार

रियल मड्रिडले पिएसजीलाई स्तब्ध पार्याे


Cristino Ronaldo

२३ फागुन, काठमाण्डाै ।  पेरिस सेन्ट जर्मेइन पिएसजीलाई कुल ५–२ ले हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । रियलको जितमा रोनाल्डो र कासिमिरोले दोस्रो हाफमा १–१ गोल गरे ।

दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको पिएसजीका लागि इडिन्सन कभानीले गोल गरेपनि दोस्रो लेगमा रियल मड्रिड २ –१ ले विजयी भयो ।

पहिलो लेगमा हात पारेको ३–१ को जितका कारण केही सहज स्थितीमा रहेको रियल मड्रिडलाई पिएसजीले आफ्नो मैदानमा केही दवाव दिएको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५१ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए ।

६६ औं मिनेटमा मिडफिल्डर मार्को भेराट्टी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडमा सिमित भयो । तर त्यसको पाँच मिनेटपछि इडिन्सन कभानीले गोल गर्दै पिएसजीलाई खेलमा फर्काउने प्रयास गरे ।

८० औं मिनेटमा कासिमिरोले गोल गरेपछि पिएसजीको यात्रा रोकिन पुग्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !