११ बैशाख २०८१, मंगलबार

​इंग्लिस प्रिमियर लिगमा मान्चेष्टर युनाइटेड ३ – २ ले विजयी


Manchester United

एजेन्सी, २२ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ ।

खेलमा नेमान्जा माटिकले अन्तिम समयमा गोल गरेपछि युनाइटेडले गुमाइसकेको खेलबाट तीन अंक जोडेको हो ।

११ औं मिनेटमा एन्द्रोज टाउन्सेन्डले गोल गर्दै क्रिष्टल प्यालेसलाई सुरुवात अग्रता दिलाए ।

पहिलो हाफमा उक्त अग्रता रक्षा गरेको प्यालेसले ४८ औं मिनेटमा दोस्रो गोल ग¥यो । यस पटक प्याट्रिक भ्यान आनहोल्टले गोल गरेका थिए ।

५५ औं मिनेटमा क्रिस स्मलिङले गोल गर्दै प्यालेसको अग्रता छोट्याएका थिए । स्मलिङले भ्यालेन्सियाको क्रसमा गोल गरेका थिए ।

७६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरीमा पु¥याए । इन्ज्युरी समयमा नेमान्जा माटिकले गोल गरेपछि प्यालेसले अंक गुमाएकाे छ ।

तालिकामा म्यान्चेष्टर युनाइटेडले २९ खेलबाट ६२ अंक बनाएको छ । प्यालेस भने २७ अंक सहित रेलिगेशन जोनमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !