१३ बैशाख २०८१, बिहिबार

आर्सनलको हारले वेङ्गरलाई पद छोड्न दवाव


Arsen-Bager

एजेन्सी, २१ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल ब्राइटनसँग २–१ ले हारेको छ । आर्सनलको यो लगातार चौथो हार हो ।

चर्चित खेलाडी अनुबन्ध गरे पनि यस सिजनमा आर्सनलले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । पछिल्लो पाँच खेलमा उसले एउटामा मात्र जित हासिल गरेको छ ।

यस नतिजाले प्रशिक्षक आर्सेन वेंगरमाथि पद छाड्ने दवाव अझै बढेको छ । आइतबार आर्सनललाई हराउने क्रममा घरेलु टोली ब्राइटनका लागि लेविस डंक र ग्लेन मुर्रेले गोल गरेका थिए ।

यी दुईले खेलको सातौं र २६औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर उवामेयाङले एक गोल फर्काएका थिए । दोस्रो हाफमा ब्राइटनले आर्सनललाई गोल गर्ने अवसर नै दिएन ।

जितपछि ब्राइटन लिगको २८ खेलबाट ३१ अंकसहित १२ औं स्थानमा आएको छ । आर्सनल ४५ अंकसहित छैटौं स्थानमा यथावत छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !