१२ बैशाख २०८१, बुधबार

ला लिगा लिडर बार्सिलोनालाई ८ अंकको अग्रता


Barcelona

एजेन्सी, २१ फागुन । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले महत्वपूर्ण ३ अंक थप गरेको छ । गएराति भएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई १ शून्यले हराउँदै बार्सिलोनाले ८ अंकको अग्रता बनाएको हो ।

बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले खेलको २६ औं मिनेटमा गरेको गोल पर्याप्त भयो ।

नतिजासँगै ला लिगाको उपाधि जित्न बार्सिलोनालाई सहज भएको छ । २७ खेलबाट बार्सिलोनाको ६९ अंक छ भने २७ नै खेल खेलेको एथ्लेटिकोको ६१ अंक छ ।

टिमलाई महत्वपूर्ण जित दिलाउने गोल मेस्सीको खेल जीवनको ६ सयौं गोल हो । मेस्सीले अहिलेसम्म क्लबका तर्फबाट ५ सय ३९ र देशका तर्फबाट ६१ गोल गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !