१२ बैशाख २०८१, बुधबार

न्यूयोर्कमा जथाभावी ट्रक चलाएर ८ जनाको हत्या, अन्य ११ जना घाईते


 कात्तिक १५,  न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा आतंकवादी हमला हुँदा ८ जनाको ज्यान गएको छ । न्यूयोर्कको मानहटनमा एक जना ट्रक चालकले साइकल लेनमा जथाभावी ट्रक गुडाएर ८ जनाको ज्यान लिएका हुन् । घटनामा ११ जना गम्भीर घाइते भएका छन् । साइकलको लेनमा जथाभावी ट्रक चलाउँदा साईकल राईडरसँगै पैदलयात्री समेत मारिएका छन् । अन्धाधुन्ध गुडाइएको ट्रकले एउटा स्कूल बसलाई पनि ठक्कर दिएको थियो ।

घटना लगत्तै प्रहरीले २९ बर्षिय ट्रक चालक सेफुल्लो साइपोभलाई गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ परेका चालक आप्रवासी भएको र उनी सन् २०१० मा अमेरिका प्रवेश गरेको जनाइएको छ । यसैबीच न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले यो घटनालाई क्रुर आतंकवादी हमलाको संज्ञा दिँदै घटनाबारे सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन् । ।

साथै उनले शोक संतप्त परिवारप्रति धैर्य धारण गर्न अपील गरेका छन् । ट्रक चालकको आतंकवादी संस्थाहरुसँगको संलग्नता र नियतबारे अनुसन्धान जारी छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि घटनाको निन्दा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !