८ बैशाख २०८१, शनिबार

अमेरिकामा पेन किलर सेवन गर्ने दुव्र्यसनीले मुलक नै लज्जित: डोनाल्ड ट्रम्प


कात्तिक १०, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अत्याधिक पेन किलर सेवन गर्ने अमेरिकी दुव्र्यसनी मुलुकका लागि लज्जाको विषय बनेको टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले यसलाई सार्वजनिक स्वास्थ्यको संकटकालका रुपमा घोषणा पनि गरेका छन् ।

प्रतिदिन १४० जनाको मृत्युको कारण बनिरहेको पेन किलर दुव्र्यसनी रोक्न उनले नयाँ योजना पनि अघि सारेका छन् । राष्ट्रपति ट्रम्पले बन्दुकको दुरुपयोग वा सडक दुर्घटनाबाटभन्दा बढी अत्यधिक औषधि सेवन अर्थात् ओभरडोज औषधि सेवन गरेर अमेरिकीहरु मृत्युको मुखमा पुगिरहेको उल्लेख गरे ।

यसको मूल कारण भनेको पेनकिलरको अधिक सेवन, हिरोइनसहितका दुव्र्यसनीका लागि प्रयोग गरिने लागुऔषध हुन् उनले भने ।विश्वमै अमेरिकीहरुले यस्तो औषधिको अधिक सेवन गर्ने गरेको पनि उनले बताए । उनले सबै राज्य सरकारहरुलाई यस्तो औषधिको दुरुपयोग रोक्न सबैखाले उपाय अपनाउन आग्रह पनि गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !