१३ बैशाख २०८१, बिहिबार

अमेरिकाले इराकमा सेनाको संख्या घटाउने


अमेरिकी सेना फाईल फोटो

३० जेठ । अमेरिकाले इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्यामा कटौती गर्ने भएको छ । अमेरिका र इराक सरकारको बिहीबार जारी संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो ।

अमेरिकाले इराकमा (इस्लामिक स्टेट्स) आइएसको नियन्त्रणका साथै अन्य आतंकवादी क्रियाकलापहरुको नियन्त्रणका लागि भन्दै विगतदेखि सेना पठाउदै आएको छ । तर आगामी दिनमा ती सैनिक संख्यामा कटौती गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाले आगामी महिनादेखि नै इराकमा खटाइने सेनाको संख्यामा कटौती गरिने जनाएको हो ।

बिहीबार अमेरिकी विदेश मन्त्रालयले वक्तव्य प्रकाशन गरेर सो कुराको जानकारी गराएका हुन् । त्यस वक्तव्यमा के कति मात्रामा संख्या घटाइने हो भन्ने विषयमा भने केही पनि बताइएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !