७ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु


ब्रासिलिया, ३० जेठ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन् ।

ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ८ लाख ९ हजार पुगिसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !