११ बैशाख २०८१, मंगलबार

असममा आगो फैलिने सम्भावना रहेको क्षेत्र सैनिकको घेरामा


असममा आगो

तीन सुकिया, असम, २९ जेठ । भारतको असम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्रमा भारतीय आयल इन्डिया लिमिटेडकाे खानी रहेको छ । आगलागी अन्यत्र फैलिनबाट राेक्ने उद्देश्यले भारतीय सेना परिचालन गरिएकाे हाे ।

तीन सुकिया जिल्लाको बागजनमा केही दिनदेखि आगो फैलिएको छ । त्यस आगलागीमा परी बुधबार मात्र दुई जना स्थानीयको ज्यान गएको थियो ।

उक्त क्षेत्रका कम्तीमा पनि सात हजार नागरिकलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । तर स्थानीयमा त्रास फैलिएको बताइएको छ । असम सरकारका मन्त्री चन्द्रमोहन पटवरीले उक्त बागजन क्षेत्रको भ्रमण गर्नुभएको थियो । बुधबार उहाँले सो क्षेत्रको भ्रमण गरेर आवश्यक सहयोग उपलब्ध गराउने स्थानीयलाई आश्वासन दिनुभएको थियो ।

त्यसैगरी उहाँले भारतीय आयल इन्डियाका अधिकारीहरुसँग भेटगरी सो क्षेत्रमा आगो निभाउनका लागि सैनिक परिचालन गरिएको बताउनुभएको थियो । उहाँले सो आगलागीबाट प्रभाावित भएका नागरिकलाई क्षतिपूर्ति पनि उपलब्ध गराउने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !