६ बैशाख २०८१, बिहिबार

अफगानिस्तानको आन्तरिक वार्ता दोहामा हुने


काबुल, २६ जेठ । अफगानिस्तानको सरकारी पक्ष र तालिवान विद्रोही पक्षबीच वार्ता हुने भएको छ । टोलो न्यूजका अनुसार वार्ता हुने निश्चित गरिएपनि मिति भने तय भइनसकेको अधिकारीहरुले जनाएका छन् ।

वार्ता हुनु अगाडि सरकारले पाँच हजार तालिवान कैदीहरुलाई जेलमुक्त गर्ने सहमति जनाइसकेको छ । तालिवान विद्रोही समूहको विश्वस्त श्रोत र सरकारी पक्षको श्रोतले दिएको आधारमा समाचार सम्प्रेषण गरिएको टोलो न्यूजले उल्लेख गरेको छ ।

“यस प्रक्रियाका लागि अफगानिस्तान सरकारले महत्वपूर्ण कदम चालेको छ, वार्ताका लागि अफगानी सरकारको टोली तयारी अवस्थामा रहेको छ,” राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीलाई समाचारमा उद्धृत गरिएको छ ।

आफुहरु राष्ट्रिय हितलाई मध्यनजर गर्दै शान्ति वार्ताका लागि बलियोसँग उभिन तयार रहेको पनि उहाँको भनाइ छ ।

अहिलेसम्म अफगानिस्तान सरकारले दुई हजार ७०० तालिवानी कैदीहरुलाई रिहा गरेको छ भने तालिवानी पक्षले ४५८ जना सरकरी पक्षका मान्छेहरुलाई रिहा गरिदिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !