११ बैशाख २०८१, मंगलबार

भोकमरीका दृष्टिले भारतको अवस्था उत्तर कोरियाभन्दा नाजुक


असोज २७, नयाँ दिल्ली । भोकमरीको दृष्टिमा भारतको अवस्था उत्तर कोरियाको भन्दा नाजुक रहेको एक प्रतिवेदनले देखाएको छ । सो प्रतिवेदनअनुसार भारतको तुलनामा नेपालको अवस्था निकै सुदृढ छ ।

‘ग्लोबल हंगर इन्डेक्स’मा भारतको अवस्था उत्तर कोरिया, म्यानमार, श्रीलंका र बंगलादेशको भन्दा खराब पाइएको हो । विश्वका विकासशील देशमा भोकमरीको समस्यामाथि इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्यूटका तर्फबाट प्रत्येक वर्ष जारी गरिने रिपोर्टमा एक सय १९ देशलाई समावेश गरिएको छ । उक्त सूचीमा भारत १०० औं नम्बरमा रहेको छ ।

दक्षिण एसियामा भारत यो सूचीमा पाकिस्तान र अफगानिस्तानभन्दा माथि छ । यो सूचकांकले विश्वभर भोकका विरुद्ध चलेको अभियानको उपलब्धिलाई दर्शाउने गर्दछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !