१३ बैशाख २०८१, बिहिबार

‘कोभिड–१९’ बाट विश्वभरी १९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु


२ बैशाख, चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ ।

यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।

कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १५ मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका
अमेरिका २३ हजार ६४४ ५ लाख ८७ हजार १७३ ३६ हजार ९४८
स्पेन १७ हजार ७५६ १ लाख ७० हजार ९९ ६४ हजार ७२७
इटाली २० हजार ४६५ १ लाख ५९ हजार ५१६ ३५ हजार ४३५
फ्रान्स १४ हजार ९६७ १ लाख ३६ हजार ७७९ २७ हजार ८१८
जमर्नी ३ हजार १९४ १ लाख ३० हजार ७२ ६८ हजार २००
बेलायत ११ हजार ३२९ ८८ हजार ६२१ ३४४
चीन ३ हजार ३४१ ८२ हजार २४९ ७७ हजार ७३८
इरान ४ हजार ५८५ ७३ हजार ३०३ ४५ हजार ९८३
टर्की १ हजार २९६ ६१ हजार ४९ ३ हजार ९५७
बेल्जियम ३ हजार ९०३ ३० हजार ५८९ ६ हजार ७०७
नेदरल्यान्ड्स २ हजार ८२३ २६ हजार ५५१ २५०
स्विट्जरल्यान्ड १ हजार १३८ २५ हजार ६८८ १३ हजार ७००
क्यानाडा ७८० २५ हजार ६८० ७ हजार ७५६
ब्राजिल १ हजार ३५५ २३ हजार ७२३ २ हजार ७९
रुस १४८ १८ हजार ३२८ १ हजार ४७०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !