७ बैशाख २०८१, शुक्रबार

‘कोभिड–१९’ बाट विश्वभरी १८ लाख ५३ भन्दा बढी सङ्क्रमित, १ लाख १४ हजार भन्दा बढीको मृत्यु


अमेरिकामा कोरोनावाट मृत्यु

१ बैशाख, चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २७० को मृत्यु भएको छ ।

यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।

कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका
अमेरिका २२ हजार ११५ ५ लाख ६० हजार ४३३ ३२ हजार ६३४
स्पेन १७ हजार २०९ १ लाख ६६ हजार ८३१ ६२ हजार ३९१
इटाली १९ हजार ८९९ १ लाख ५६ हजार ३६३ ३४ हजार २११
फ्रान्स १४ हजार ३९३ १ लाख ३२ हजार ५९१ २७ हजार १८६
जमर्नी ३ हजार २२ १ लाख २७ हजार ८५४ ६० हजार ३००
बेलायत १० हजार ६१२ ८४ हजार २७९ ३४४
चीन ३ हजार ३४१ ८२ हजार १६० ७७ हजार ६६३
इरान ४ हजार ४७४ ७१ हजार ६८६ ४३ हजार ८९४
टर्की १ हजार १९८ ५६ हजार ९५६ ३ हजार ४४६
बेल्जियम ३ हजार ६०० २९ हजार ६४७ ६ हजार ४६३


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !