७ बैशाख २०८१, शुक्रबार

भुटानले २१ दिनसम्म पुरै देश लकडाउन गर्ने घोषणा


भुटान

एजेन्सी, चैत १८ । भुटान सरकारले २१ दिनसम्म पुरै देश लकडाउन गर्ने घोषणा गरेको छ । हिजो सोमबार घोषणा भएको २१ दिने लकडाउन आज मंगलबारबाट लागु हुनेछ । भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ ।

उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ । भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो। भुटानमा सोमबारसम्म ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !