१३ बैशाख २०८१, बिहिबार

पाकिस्तानको पञ्जाव प्रान्त सडक दुर्घटना


पाकिस्तान

२६ असार । पाकिस्तानको पूर्वी प्रान्त पञ्जावको आताक जिल्लामा बिहीबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

एक खाल्डोमा बस खसेर भएको यस दुर्घटनामा १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

आतोक जिल्लाको हसन अब्दाल क्षेत्रनजिकै रहेको राजमार्गमा सो दुर्घटना भएको हो । चिप्लो बाटो भएको कारण बस खाल्डोमा खसेको बताइएको छ ।

सो बसमा ५९ जना यात्रु सवार रहेका जनाइएको छ । घाइते मध्ये पाँच जनाको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन ।

चिप्लो बाटोमा लाहपर्वाहको साथै सवारी साधन चलाउनु नै दुर्घटनाको प्रमुख कारण भएको समाचारमा जनाइएको छ ।

सो दुर्घटनामा घाइते भएका एक व्यक्तिकाअनुसार बस चालकले मोबाइल फोनको प्रयोग गर्दै बस चलाएका थिए । यो नै दुर्घटनाको प्रमुख कारण भएको उनले प्रष्ट पारेका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !