१२ बैशाख २०८१, बुधबार

हवाई कारबाहीमा चार तालिबानी मारिए


हिंसा

हेरात, १८ बैशाख । अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रमुख अमिनुल्लाह ओमारखिलले चुश्ती शरिफ जिल्लामा मङ्गलबार गरिएको उक्त कारबाहीमा अरु पनि लडाकू मारिएको हुनसक्ने बताउनुभयो ।

सरकारी फौजमाथि कुनै क्षति नभएको पनि प्रहरी प्रमुख अमिनुल्लाहले जानकारी दिनुभयो । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !