११ बैशाख २०८१, मंगलबार

मलाइकाले अण्डरवाटर बिकिनी फोटो इन्स्टाग्राममा सेयर गरेपछी…


एजेन्सी । बलिउडकी अभिनेत्री मलाइका अरोडाको माल्दिभ्स भ्रमणको तस्बिर पछिल्लो समय सोसल मिडियामानिकै भाइरल भइरहेको छ । मलाइकाले अण्डरवाटर स्विमिङ गर्दै बिकिनी तस्बिर सेयर गरेकी छिन् । यो फोटो सार्वजनिक गर्र्दै मलाइकाले क्याप्सन लेखेकी छन्, ‘शान्ति यो मेडिटेटिभ हो ।’

यी तस्बिर देखेपछि मलाईका प्रेमी अर्जुन कपुरसँग भ्रमणमा गएको अनुमान गरिएको छ । मलाइकाले सार्वजनिक गरेको तस्वीरमा फराह खानले सोधिन्, ‘पानीभित्र तिम्रो तस्बिर कसले खिचिरहेको थियो रु’ फराहाले मलाइकाको यसअघिको माल्दिभ्सको फोटोमा पनि कमेन्ट गर्दै ‘यो तस्बिर कसले खिचेको हो’ भनेर सोधेकी थिइन् ।

यद्यपी, जब अर्जुनले आफ्नो इन्स्टाग्राममा माल्दिभ्स भेकेसनको फोटो सेयर गरे तब फराहले लेखेकी थिइन्, ‘फोटो कसले खिचिरहेको छ भनेर बल्ल थाहा पाएँ ।’

फराह खानजस्तै विभिन्न सेलिब्रिटीले मलाइका र अर्जुन कपुरको सम्बन्धलाई दबिएको शब्दमा सार्वजनिक गरिसकेका छन् । रिपोर्टका अनुसार यी दुई चाँडै विवाहको योजनामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !