११ बैशाख २०८१, मंगलबार

आप्रबासीबारे भएका प्रदर्शनमा १८ जना घाइते


Germany

१८ भदौ, चेम्निज, जर्मनी । जर्मनीको चेम्निज शहरमा कट्टर दक्षिणपन्थी आप्रबासी विरोधी र समर्थक समूहहरूले गरेका प्रदर्शनमा १८ जना घाइते भएका छन् ।

गत आइतबार शङ्कास्पद एक सिरियाली र एक इराकी नागरिकले चक्कू आक्रमण गरेको भन्ने समाचारलाई लिएर चेम्निज हप्ताभर अशान्त रह्यो ।

पूर्वी जर्मनीमा रहेको दक्षिणपन्थी दल एएफडी र इस्लाम धर्म विरोधी पिइजीआइडीएले हजारौँको सङ्ख्यामा प्रदर्शन गरेका थिए ।

तर उक्त प्रदर्शनको विरोध गर्दै कम्युनिस्ट प्रभाव रहेको शहरमा ग्रीन पार्टी र सोसल डेमोक्रेटिक पार्टीका सांसदहरूले नै नेतृत्व गरेको प्रदर्शनमा जातियता र धर्मको आधारमा कसैलाई समर्थन र विरोध गर्नु गलत हुने भन्दै सोही सङ्ख्यामा शान्तिपूर्ण ¥याली निकालिएको थियो ।

प्रहरीले दुबै समूहमा दश हजारभन्दा बढीको सङ्ख्यामा सहभागीता रहेको जनाएको छ । उनीहरूबीच झडपका घटनाहरू भएपछि प्रहरीले बल प्रयोग गरेका थियो ।

प्रदर्शनपछि पक्ष विपक्षमा साना समूहमा विवाद हुँदा भएका घटनामा केही नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

समाजवादी पार्टीका सांसद सोयरेन बार्तोलले मावर्ग समुदायमाथि नाजीले आक्रमण गरेकाले प्रतिकारका क्रममा केही आफ्ना साथीहरू पनि घाइते भएका बताउनुभयो । शान्तिपूर्ण प्रदर्शनपछि बस चढ्न स्टेसनतर्फ हिँडेको समयमा घटना भएको उहाँले बताउनुभयो ।

प्रहरीले कम्तीमा ३७ सम्भावित भडपका घटनालाई टारेको र केही मानिस घाइते भएको आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

चेम्निज शहरबाट टाढा एक जना अफगानी नागरिकलाई नकावधारी चार जनाको समूहले आक्रमण गरेको जनाउँदै उनीहरू प्रदर्षनकारी भए नभएको प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !