७ बैशाख २०८१, शुक्रबार

चिनियाँ संस्कृतिको प्रचार गर्ने १५ विदेशी पुरस्कृत


Chinese Award

६ भदौ, बेइजिङ । चिनियाँ संस्कृतिलाई विश्वमा चिनाउन गरेको योगदानका लागि विभिन्न देशका १५ जना नागरिकलाई चीनले मङ्गलबार पुरस्कृत गरेको छ । सम्मानित हुनेहरूमा लेखक, अनुवादक तथा प्रकाशकहरू रहेका छन् ।

उनीहरूमध्ये १२ जनाले ‘स्पेसल बुक अवार्ड अफ चाइना’ बाट पुरस्कृत भएका छन् भने तीन जनाले ‘स्पेसल बुक अवार्ड अफ चाइना फर योङ स्कलर्स’ पुरस्कार प्राप्त गरेका छन् ।

यस बर्ष पुरस्कृत हुनेमा नेपाल, उज्वेकिस्तान, किर्गिजस्तान, इरान तथा मोरक्कोका लेखक तथा अनुवादकहरू रहेको र उहाँहरूलाई बेइजिङमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको छ ।

चीनले सन् २००५ देखि उक्त पुरस्कार दिने व्यवस्था गरेको थियो ।

पुरस्कृत व्यक्तित्वले प्राचिन चिनियाँ दार्शनिक कन्फुसियसको ‘द एनालेक्टस’, ‘जर्नी टु द वेस्ट’ ‘द गभनेन्स अफ चाइना’ जस्ता विभिन्न साहित्यिक कृतिमार्फत चीनलाई विश्वमा चिनाउन योगदान पु¥याएका थिए ।

यस पहिले भएको कार्यक्रममा विभिन्न ४४ मुलुकका १०८ व्यत्तित्वलाई पुरस्कृत गरिएको थियो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !