७ बैशाख २०८१, शुक्रबार

अमेरिकी पप गायिका लेडी गागालाई चीनमा जान प्रतिवन्ध


lady gaga

तिब्बती धर्मगुरु दलाई लामालाई अमेरिकाको इन्डियानापोलिसमा गत आइतबार भएको प्रवचन कार्यक्रममा भेटेको र लामा समर्थन क्रियाकलापमा संलग्न भएको आरोप लगाउदै चीनले अमेरिकि पप गायिका लेडी गागालाई चीनमा जानका लागी प्रतिबन्ध लगाएको छ।

हङकङको एपल डेलीका अनुसार, त्यो भेटको प्रतिक्रिया स्वरूप चीनले गागासँग सम्बन्धित सम्पूर्ण कामकुरालाई अबदेखि बन्देज लगाएको हो ।

चीनमा दलाई लामा समर्थन क्रियाकलाप गर्ने लाई प्रतिबन्ध लगाउने एव्म कानुनी दायराम ल्याउने गरीन्छ।

तर, राष्ट्रबाहिर भएको यो क्रियाकलापमा चीनले ३० वर्षीया गायिकालाई चीन अाउन प्रतिबन्ध लगाएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !