६ बैशाख २०८१, बिहिबार

युगाण्डामा भएको सडक दुर्घटनामा ११ को मृत्यु


durghatana

३० जेठ , कम्पला ।  युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ ।

युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिनुभयो ।

पूर्वीअफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि हजारौँको मृत्यु हुने गरेको पाइन्छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !